Skip to main content
सूचनाकाे हक

Aug 10, 2023

सूचनाकाे हक सम्बन्धी  एन, २०६४ काे दफा ५ काे उपदफा ३ बमाेजिमकाे  विवरण ः

सूचना प्रकाशित  मिति २०८२.०४.२९

१. निकायकाे स्वरूप र प्रकृति

कम्पनी एन, २०६३ बमाेजिम स्थापित एवं बैंक तथा वित्तीय संस्था सम्बन्धी एन, २०७३ अन्तर्गत नेपाल राष्ट बैंकबाट काराेबार गर्ने इजाजतपत्रप्राप्त "ग" वर्गकाे (प्रादेशिकस्तर, मधेश प्रदेश) भएकाे वित्तीय संस्था ।

२. निकायकाे काम, कर्तव्य र अधिकार ः

बैंक तथा वित्तीय संस्था सम्बन्धी एन, २०७३ मा व्यवस्था भए बमाेजिमका काम, कर्तव्य र अधिकार रहेका छन् ।

३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण ःयस वित्तीय संस्थामा हाल स्थायी, अस्थायी, करार समेत गरी जम्मा ६१ जना कर्मचारी कार्यरत छन् र वित्तीय संस्थाले ताेकेकाे कार्य विभिन्न पदमा कार्यरत कर्मचारीहरू मार्फत भइरहेकाे छ । व्यवस्थापन समूहमा रहेका कर्मचारीहरूकाे नाम र पद देहाय अनुसार रहेकाे छ।

क्र.सं. नाम पद
श्री रजनीश कुमार  सिंह प्रमुख कार्यकारी अधिकृत
श्री प्रदीप कुमार सिंह नायव महाप्रबन्धक
श्री प्रभाष झा नायव महाप्रबन्धक

४. निकायबाट प्रदान गरिने सेवा ः

बैंक तथा वित्तीय संस्था सम्बन्धी एन, २०७३ मा व्यवस्था भए बमाेजिम "ग" वर्गकाे वित्तीय संस्थाले दिने सम्पूर्ण वित्तीय सेवाहरू ।

५. सेवा प्रदान गर्ने निकायकाे शाखा र जिम्मेवार अधिकारी ः

सेवा प्रदान गर्ने निकायकाे शाखा र जिम्मेवार अधिकारीहरूकाे विवरण देहाय अनुसार रहेकाे छ ।

क्र.सं. शाखा नाम पद
राजविराज, सप्तरी श्री राेशन कुमार सिंह शाखा प्रमुख
जनकपुरधाम, धनुषा श्री शशी कुमार ढकाल शाखा प्रमुख
गाैशाला, महाेत्तरी श्री निर्माण काफ्ले शाखा प्रमुख
रामगाेपालपुर, महाेत्तरी श्री अशाेक कुमार यादव शाखा प्रमुख
कल्याणपुर, सप्तरी श्री अजित कुमार झा शाखा प्रमुख
मनरा, महाेत्तरी श्री सुजित राज पाण्डेय शाखा प्रमुख
काैडेना, सर्लाही श्री कृष्ण मुरारी सिंह शाखा प्रमुख
गाेडैता,सर्लाही श्री शशि शेखर मिश्र शाखा प्रमुख

६ सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि ः

वित्तीय संस्थाले प्रदान गर्ने विभिन्न सेवा बापत लाग्ने दस्तुर र अवधि यस संस्थाकाे वेवसाइट https://multipurposefinance.com मा प्रकाशित गरिएकाे छ ।

७.    निर्णय गर्ने प्रक्रिया र अधिकारी ः
वित्तीय कारोबारका सम्बन्धमा तहगतका आधारमा विभिन्न तहका अधिकारीहरुले निर्णय गर्न सक्ने व्यवस्था मिलाईएको छ भने व्यवस्थापनको अन्तिम निर्णयकर्ता प्रमुख कार्यकारी अधिकृत तथा संस्थाको अन्तिम निर्णयकर्ता संस्थाको संचालक समिति रहने व्यवस्था मिलाईएको छ ।


८.    निर्णय उपर उजुरी सुन्ने अधिकारी ः
ग्राहकहरुको गुनासो तथा उजुरी सुन्नको लागि कर्पोरेट कार्यालयमा श्री प्रभाष झालाई गुनासो सुन्ने अधिकारीको रुपमा रहने व्यवस्था मिलाईएको छ । निजको विवरण यस प्रकार रहेको छ । 
श्री प्रभाष झा – नायव महाप्रबन्धक 
मल्टीपर्पस फाइनान्स लि., कर्पोरेट कार्यालय, जनकपुरधाम, धनुषा ।
फोन नं.  ०४१–५९११७० ईमेलः prabhash.jha@multipurposefinance.com


 ९.    सम्पादन गरेको कामको विवरण ः
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा व्यवस्था भए बमोजिम “ग” वर्गको वित्तीय संस्थाले गर्न सक्ने सम्पूर्ण बैंकिङ्ग तथा वित्तीय कारोबारहरु सम्पादन भई रहेको छ ।


१०.    सूचना अधिकारी र प्रमुखको नाम र पद ः
ग्राहकहरुलाई आवश्यक सूचना प्रदान गर्न तपशिल बमोजिमका अधिकारीहरुलाई तोकिएको छ ।
श्री प्रदीप कुमार सिंह – नायव महाप्रबन्धक 
मल्टीपर्पस फाइनान्स लि., कर्पोरेट कार्यालय, जनकपुरधाम, धनुषा ।
फोन नं. ०४१–५९११७० ईमेल ः pradeep.singh@multipurposefinance.com
साथै, शाखा कार्यालयहरुमा सम्बन्धित शाखा प्रमुखहरुलाई सूचना अधिकारीको रुपमा कार्य गर्ने व्यवस्था गरिएको 
छ ।


११.    ऐन, नियम, विनियम वा निर्देशिकाको सूची ः
प्रचलित सम्पूर्ण ऐन, नियम, विनियम र निर्देशिकाहरु संस्थाले पालना गर्नुपर्ने हुन्छ भने देहाय बमोजिमका ऐन, नियम, विनियम र निर्देशिकाहरु बैंकिङ्ग कार्यका लागि प्रमुख रुपमा रहेका छन् ।
    क) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३
    ख) नेपाल राष्ट्र बैंक ऐन, २०५८
    ग) बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८
    घ) कम्पनी ऐन, २०६३
    ङ) बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४
    च) सम्पत्ती शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ 
    छ) धितोपत्र सम्बन्धी ऐन, २०६३
    ज) सुरक्षित कारोबार ऐन, २०६३
    झ) मुलुकी देवानी संहिता, २०७४ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४
    ञ) आयकर ऐन, २०५८
    ट) उपरोक्त ऐन अनुसारका सम्पूर्ण नियम तथा विनियमहरु
    ठ) नेपाल राष्ट्र बैंकबाट जारी भएका सम्पूर्ण निर्देशनहरु


१२.    आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण ः
संस्थाको आम्दानी, खर्च तथा आर्थिक कारोबारहरु सम्बन्धी त्रैमासिक अद्यावधिक विवरणहरु राष्ट्रियस्तरको पत्रपत्रिकामा प्रकाशित हुँदै आएको छ भने संस्थाको वेबसाईट https://multipurposefinance.com को फाइलहरुको खण्डमा पनि रहेको छ ।


१३.    संस्थाको प्रमुख कार्यकारी अधिकृतको नाम र ठेगाना ः
वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको नाम र ठेगाना यस प्रकार रहेको छ ।
    श्री रजनीश कुमार सिंह
   प्रमुख कार्यकारी अधिकृत
   मल्टीपर्पस फाइनान्स लि., कर्पोरेट कार्यालय, जनकपुरधाम, धनुषा ।
   फोन नं.ः ०४१–५९११७० ईमेल ः rajnish.singh@multipurposefinance.com


१४.    अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सो को विवरण ः
    आ.व. २०७९÷८० को वार्षिक साधारण सभा मिति २०८०÷११÷१८ गतेमा सम्पन्न गरिएको ।


१५.    सार्वजनिक निकायको वेवसाईट भए सो को विवरण ः   https://multipurposefinance.com


१६.    सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरणः नरहेको ।


१७.    सार्वजनिक निकायले संचालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन ः
    वित्तीय संस्थाले संचालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन राष्ट्रियस्तरको पत्रपत्रिकामा प्रकाशित हुदै आएको छ साथै संस्थाको वेबसाईट https://multipurposefinance.com मा समेत रहेको छ ।


१८.    सार्वजनिक निकायले वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि ः
    हाललाई सूचना वर्गिकरण नगरिएको ।


१९.    सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण ः
    हालसम्म निवेदन प्राप्त नभएको ।


२०.    सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएमा वा हुने भएको भए सो को विवरण ः
    संस्थाको वेबसाईट https://multipurposefinance.com  मा प्रकाशित गरिएको ।